कोशी प्रदेश खेलकुद महोत्सव सुरु
विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को एथलेटिक्स खेल अन्तर्गतको पुरुष पाँच किलोमिटर सडक दौडमा प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम भएका छन् ।
लिम्बूले पाँच किलोमिटरको सडक दौड १५ मिनेट ४४ सेकण्डमा पुरा गर्दै प्रथम भएको हो ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूल समारोह समितिका अध्यक्ष पाँचकर्ण राईले सडक दौडको उद्घाटन गरेका हुन् ।
सडक दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेका छन् । ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकण्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे ।
पाँच किलोमिटरको महिला सडक दौडमा खोटाङकी दिपा बस्नेतले १९ मिनेट ४० सेकण्डमा पूरा गर्दै प्रथम भइन् ।
२० मिनेट १३ सेकण्डमा पूरा गर्दै पा“चथरकी पुष्पा लिम्बू दोस्रो स्थान हासिल गरेको जनाइएको छ ।
तेस्रो स्थानका लागि संखुवासभाकी सुनकला राईले २० मिनेट ३२ सेकण्डमा दौड पूरा गरिन् ।
१०० मिटर दौड : पुरुषमा मण्डल र महिलामा रिजाल पहिलो
कोशी प्रदेश खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्सतर्फ पुरुष १०० मिटर दौडमा सुजन मण्डल पहिलो बनेका छन् ।
विराटनगरस्थित शहिद रंगशालाको मैदानमा भएको दौडमा ११.४० सेकेण्डमा दुरी पूरा गर्दै मण्डल प्रथम बने ।
पुरुष १०० मिटर दौडको दोस्रो स्थानमा सुमित गच्छदार बने । तेस्रो स्थान मोरङका सन्तोष कुमार सहनीले हासिल गरे ।
गच्छदारले दौड ११.७० सेकेण्ड र सहनीले १२.१० सेकेण्डमा पूरा गरेका हुन् ।
महिला १०० मिटर दौडको पहिलो स्थान मोरङकी बिनिसा रिजाल प्रथम भइन् । रिजालले दौड १३.४० सेकेण्डमा पुरा गरेकी थिइन् ।
महिला १०० मिटर दौडको दोस्रो स्थानमा सुनसरीकी आरती चौधरीले १४.५० सेकेण्ड र तेस्रो स्थानमा इलामकी रश्मी राईले १४.६० सेकेण्डमा दौड पूरा गरेको जनाइएको छ ।
View : 173
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved