Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा

उद्घोष सम्वाददाता
३० मंसिर २०८१, आइतवार

काठमाडौँ, ३० मङ्सिर । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ । यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ ।

सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए ।

विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने आयोजकले जनाएको छ ।

शाहले भने, “दुई दिन चल्ने सम्मेलनमा नीतिगत बहस हुनेछन् । स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सरलगायत विभिन्न क्यान्सरका विषयमा बहस हुनेछ । स्वास्थ्य बीमाका विषय लगायतमा बहस हुनेछन् ।”   रासस

View : 44

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved