विराटनगर . सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा विद्यावारिधि गर्ने, अग्रज, असल ऋणी र उत्कृष्ट वचतकर्ता शेयर सदस्यलाई शुक्रबार सम्मान गर्ने भएको छ । विद्यावारिधि गर्ने शेयर सदस्यद्वय डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाल, अग्रज केशवबहादुर कार्की, असल ऋणी अनिल श्रेष्ठ र उत्कृष्ट वचतकर्ता कुलानन्द गच्छदार र कविता घिमिरे सम्मानित हुने भएका हुन् ।
संस्थाले यस वर्षदेखि सुरु गरेको शैक्षिक पुरस्कार अन्तर्गत शेयर सदस्यका सन्ताललाई पुरस्कृत गर्ने भएको छ । सो अन्तर्गत एसईईतर्फ श्रेय शर्मा, मेघा श्रेष्ठपुरस्कृत हुने छन् भने कक्षा १२, सीटीईभीटी (तीनवर्षे) तर्फ मृदुला विष्ट, हृषव पोखरेललाई पुरस्कृत गर्ने भएको हो । ्
सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा बुधबार बसेको बैठकले संस्थाको १४ औं वार्षिक साधारणसभाको तयारी पूरा गरेको जनाएको छ । साथै, संस्थाले साधारण सभाकै अवसरमा विभिन्न विधामा शेयर सदस्यका सन्तति र उत्कृष्ट सदस्यहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।
View : 636
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved