Biratnagar, Morang, Nepal
१४ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर बसपार्क क्षेत्रबाट पक्राउ परेका १६ जना महिला रिहा

उद्‌घोष संवाददाता
१३ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । शंकास्पद गतिविधिमा संलग्न १६ जना महिलालाई सोमबार अपरान्ह विराटनगर बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

स्रोतका अनुसार उनीहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । 

वडा प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई दिनभरि बसपार्क वरपर के गरेर बस्छौ ? भन्ने प्रश्न गरेको थियो ।

कतिपयले आफ्नो घर नभएको, कसैले परिवार त कसैले ठेगाना नै नभएको बताएका थिए । कतिपय महिलाहरू राति पनि बसपार्कमै बास बस्ने, घर नजानेसम्म गर्दै आएका थिए । 

बसपार्कमा उनीहरूलाई दुब्र्यवहार हुने गरेको र कतिपय राजिखुसीमै यौनकार्यमा लागेको बताइएको छ ।

प्रहरीले उनीहरूलाई बसपार्क आसपासमा नआउने सर्तमा छाडेको छ । सबैलाई सचेत गराएर आफन्त तथा परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

View : 57

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved