विराटनगर । विराटनगर फुटसल लिगमा एबी ५ एफसीले सानदार प्रदर्शन गर्दै स्टार ब्वाइज एफसीलाई ४–० ले पराजित गरेको छ । विराटनगर फुटसल लिगको आठौं चरणका रोमाञ्चक खेलहरूमध्ये एबी ५ एफसीले आफ्नो सानदार लयलाई कायमै राखेको हो ।
लिगमा क्लासिको एफसीले विराटनगर स्पोट्र्स एकेडेमीलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ भने रियुनाइटेड एफसीले अपटाउन एफसीलाई ४–३ को साँघुरो अन्तरले पराजित गरेको छ ।
आठौं चरणको खेलपछि अंक तालिकामा केही परिवर्तन भएको छ । एबी ५ एफसी २४ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ ।
स्टार ब्वाइज एफसी १५ अंकका साथ दोस्रो स्थानमा छ । अपटाउन एफसी १३ अंकका साथ तेस्रो स्थानमा छ । रियुनाइटेड एफसी ८ अंकका साथ चौथो स्थानमा छ ।
विराटनगर स्पोट्र्स एकेडेमी ६ अंकका साथ पाँचौं स्थानमा छ । क्लासिको एफसी ४ अंकका साथ छैठौं स्थानमा छ ।
लिगका बाँकी ३ चरणका खेलहरू निकै महत्वपूर्ण हुनेछन् । विभिन्न टिमहरूले शीर्ष स्थान हासिल गर्नका लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।
विराटनगर फुटसल लिगले स्थानीय फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेले र यसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
View : 19
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved