विराटनगर । योग र साधनाको लागि नेपाल उपयुक्त स्थान भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । आज विश्व योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले योगका आदिदेवता भगवान शिवले पनि यही भूमिमा योगाभ्यास र ध्यान गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको बताए ।
शिवका शिष्यहरुले नेपालबाट योग र ध्यानलाई विश्वमा फैलाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने- 'नेपाल हिमालको काखमा छ, योगसाधनाको दृष्टिकोणले नेपाल उपयुक्त स्थान हो ।'
मुख्यमन्त्री कार्कीले खानपान र व्यस्तजीवन शैलीका कारण मानिसले जीवनलाई उर्जामय बनाउन नसकिरहेको अवस्थामा ध्यान र योग महत्वपूर्ण हुने बताए ।
उनले अनुशासनको अभावमा धेरै खालका विकृतिहरु देखिरहेको चर्चा गर्दै व्यक्तिलाई अनुशासित बनाउन पनि ध्यान र योग महत्वपूर्ण हुने चर्चा गरे ।
डिसेम्बर ६ तारिखलाई संयुक्त राष्ट्रसंघले विश्व ध्यान दिवस घोषणा मनाउन थालिएको हो ।
यो वर्ष विश्व ध्यान दिवस विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने नाराका साथ मनाइँदै छ ।
View : 28
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved