Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिल्स गोल्डकप आजदेखि

३ चैत २०८१, आइतवार

विराटनगर । पाचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि विराटनगरमा हुँदैछ । 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आइतबार हुने उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त  गर्नेछ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथै, विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो ।

View : 137

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved