विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ताप्लेजुङबाट पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाम महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न मतगणनामा हाङ्गामले सबैभन्दा बढी ९ सय ४२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।
उनी ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट प्रत्यक्ष निर्वाचित कोशी प्रदेशसभा सदस्य समेत हुन् ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा विभिन्न समूहका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा हाङ्गामले लोकप्रिय मतसहित अग्रस्थान हासिल गरेका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूले आगामी पार्टी नेतृत्व चयन तथा नीतिगत निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नेछन्। ताप्लेजुङमा सम्पन्न निर्वाचनले जिल्लामा हाङ्गामको राजनीतिक प्रभाव र संगठनात्मक पकड कायम रहेको संकेत गरेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।
View : 51
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved