Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

न्यूरो अस्पतालले दियो भोटेकोशी बाढीपीडितका लागि २१ लाख

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । बाढीपीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख सहयोग विराटनगर गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले २१ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार बिष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई भेट गरी सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अस्पतालले बाढीबाट प्रभावित नागरिकको शीघ्र राहत तथा पुनर्स्थापनाका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

अस्पताल परिवारले विपद्को यस कठिन घडीमा बाढीपीडितको सहयोगका लागि एकजुट भएर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

View : 598

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved