विराटनगर । टेलिटक प्रालिले सोमबार आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ ।
स्पस्ट डिटेल तथा तुरुन्तै शेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त एचएमडी क्रेष्ट फाइभजीले स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।
प्रयोगकर्ताको अद्वितीय विशेषताहरूलाई प्रतिनिधित्व गर्ने, प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरूका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाई जस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको जनाएको छ ।
यसबाहेक आफैले खिच्ने पोट्र्रेट फोटोलाई अति आकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोशनमोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ ।
एक्शन शटहरूका लागि यसमा भएको फ्ल्यास शटले चलायमान वस्तुहरूको फोटो सहजरुपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यहरूको मनमोहक फोटोग्राफीका लागि सघाउने कम्पनीले जनाएको छ ।
View : 79
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved