Biratnagar, Morang, Nepal
१६ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणसम्बन्धी अभिमुखीकरण

उद्‌घोष संवाददाता
१५ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा मिर्गौला प्रत्यारोपणसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

असोज १३ गते मंगलबार बिरामी तथा बिरामीका आफन्तहरूको सहभागितामा आयोजित कार्यक्रममा मिर्गौलाको कार्य, दीर्घकालीन मिर्गौला रोग (सीकेडी) को परिचय, मिर्गौला प्रत्यारोपणको आवश्यकता, महत्त्व र प्रक्रियाबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा जीवित दाता तथा मृतक दाताबाट हुने मिर्गौला प्रत्यारोपण, अंगदानको महत्त्व तथा कानुनी पक्ष, प्रत्यारोपणपछि बिरामीको नर्सिङ हेरचाह तथा निगरानी, प्रत्यारोपणपछि प्रयोग गरिने प्रतिरक्षा दबाउने औषधि र त्यसका असरबारे जानकारी दिइएको थियो ।

त्यसैगरी प्रत्यारोपित मिर्गौलाले अस्वीकार गर्ने अवस्था (रिजेक्सन) का लक्षण, पहिचान तथा व्यवस्थापन, प्रत्यारोपणपछि दीर्घकालीन जीवनशैली व्यवस्थापन र मिर्गौला प्रत्यारोपणसम्बन्धी समाजमा रहेका भ्रम तथा चेतना अभिवृद्धिका उपायबारे समेत अन्तरक्रिया गरिएको थियो ।

अभिमुखीकरणमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिलीप साहले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा सहभागी बिरामी तथा आफन्तले मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

View : 27

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved