लेटाङ । चिसाङ बेलडाँगी कमलपुर जल उपभोक्ता संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनबाट अध्यक्षमा पुनः ओमप्रकाश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा संस्थाको ११ सदस्यीय नयाँ कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको हो ।
साधारणसभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८२–८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तावित कार्यक्रम र अनुमानित आय प्रस्तुत गरेका थिए । त्यसैगरी, संस्थाका सचिव कुमार भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि गहन छलफल पश्चात पारित भएको हो । साधारणसभाले प्रतिवेदनमा छलफल गरी आवश्यक सुझावसहित पारित गरेको जनाइएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, सिंचाई डिभिजन मोरङका प्रमुख रन्जित कुमार झा, लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राई लगायतले शुभकामना दिएका थिए ।
कमलपुर वन उपभोक्ता समूहकी अध्यक्ष मनकुमारी राई, सिँचाइ सञ्जालका अध्यक्ष रुद्र श्रेष्ठ, निर्वाचन उपसमिति संयोजक तुलसीराम खनाल, वन अभियन्ता सीता श्रेष्ठ, जानुका प्याकुरेल, सिंचाई डिभिजन कार्यालय मोरङका कर्मचारीहरु लक्ष्मी कुमारी माझी र महादेव राजवंशी लगायतको उपस्थिति थियो ।
सो अवसरमा संस्थाको विकास र व्यवस्थापनमा योगदान पुर्याएको भन्दै उत्कृष्ट कृषक सम्मान कहरमान तामाङ तथा संस्थागत विकासमा सहयोग पुर्याउने जल व्यवस्थापन संयोजक जगतबहादुर श्रेष्ठ, जगन्नाथ चम्लागाईं र बाग्दल राईलाई प्रशंसापत्र र ढाकाटोपी लगाएर सम्मानित गरिएको जनाइएको छ ।
अध्यक्षमा चयन भएका श्रेष्ठले निर्माणाधीन नहरको कामलाई अघि बढाउनुका साथै चिसाङ खोलाको दुवैतर्फ पूर्व–पश्चिम तटबन्ध निर्माण तथा व्यवस्थापनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सिँचाइ प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थाको विकास तथा उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
View : 181
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved