विराटनगर । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपाल औषधि व्यवसायी संघ ( एनसीडीए) मोरङ शाखाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
संघले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
संघमा आबद्ध सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
View : 205
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved