Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

माहेश्वरी महिला मञ्चको निःशुल्क आँखा शिविर सम्पन्न

मञ्चकी अध्यक्ष ललिता जाजूले मोतियाविन्दु भएका बिरामीलाई गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदिने बताइन् ।
उद्‌घोष सम्वाददाता
१४ पुष २०८१, आइतवार

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र रामलाल गोल्छा आँखा अस्पतालले शनिबार संयुक्त रूपमा निःशुल्क आँखा शिविर गरेका छन् ।मञ्च र अस्पतालले विराटनगर–६ स्थित सयपत्री आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेका हुन् ।

शिविरमा ३१६ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ७६ जनाको मोतियाविन्दु भएको पत्ता लागेको छ । मञ्चकी अध्यक्ष ललिता जाजूले मोतियाविन्दु भएका बिरामीलाई गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदिने बताइन् ।

शिविरको उदघाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सरकारले गर्नुपर्ने कार्य माहेश्वरी महिला मञ्चले गरेको धारणा व्यक्त गरे । मन्त्री राईले मञ्चले यस्तै कार्यक्रम सञ्चालनमा ल्याइरहे मन्त्रालयका तर्फबाट सक्तो सहयोग उपलब्ध गराउने आश्वासन दिए ।

माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले समाजसेवाका क्षेत्रमा महिला मञ्चले विराटनगरमा अग्रणी स्थान बनाएको भन्दै प्रशंसा गरे । कार्यक्रममा समाजका सल्लाहकार चम्पालाल राठी, नेपाल माहेश्वरी परिषदका केन्द्रीय उपाध्यक्ष आनन्द जाजू, गोल्छा आँखा अस्पतालका प्रबन्धक नवीनचन्द्र सिंह राजवंशी, अखिल भारतीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडा र वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

View : 98

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved