Biratnagar, Morang, Nepal
२४ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जनकपुरमा चक्कु प्रहारबाट १ जनाको मृत्यु

उद्‌घोष संवाददाता
२३ असोज २०८३, शुक्रवार

Advertisement

जनकपुरधाम — धनुषाको जनकपुर उपमहानगरपालिकामा पुरानो रिसइबीलाई लिएर भएको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७:१० बजे जनकपुर उपमहानगरपालिका–५ स्थित रहिमपथ नजिकै सोही वडाको सोनारपट्टी, दाहा चोक बस्ने २२ वर्षीय मोहम्मद ईर्साद खान (उपनाम 'गुण्डा') ले स्थानीय २४ वर्षीय आमिन साफी र २५ वर्षीय ईम्तियाज राइनमाथि धारिलो हतियार चक्कु प्रहार गरेका थिए।

पुरानो रिसइबीका कारण खानले दुवै जनाको छाती र पेटमा अन्धाधुन्ध चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाएको थियो।

अस्पताल पुर्‍याउनासाथ साँझ ७:१५ बजे चिकित्सकले चेकजाँचका क्रममा आमिन साफीलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका ईम्तियाज राइनको सोही अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक  ओमप्रकाश खनालका अनुसार हतियार प्रहार गर्ने २२ वर्षीय मोहम्मद ईर्साद खानलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

View : 68

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved