Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

राहत शिक्षकको आकस्मिक बैठक बस्दै

उद्घोष सम्वाददाता
७ पुष २०८१, आइतवार

विराटनगर । प्रस्तावित संघीय शिक्षा ऐनमाथि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा तीव्र रूपमा छलफल चल्न थालेपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले आकस्मिक बैठक बोलाएको छ ।

मुलुकभरका ४० हजार राहत शिक्षक आवद्ध राहत शिक्षक केन्द्रीय समितिको बैठकमा राहत शिक्षकका मुद्दालाई समेट्न सरकारले चासो नदेखाएको बिषयमा छलफल हुने जनाइएको छ । 

बैठक कपिलवस्तुको तौलिहवामा बोलाइएको पुस १३ गतेका लागि बोलाइएको जनाइएको छ ।

शिक्षा ऐनमा राहत शिक्षकमा माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले एजेण्डा तयार पार्नका लागि बैठक बोलाइएका नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीन सिंह धामी र महासचिव डम्बर राईद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले विगतमा राहत शिक्षकहरू भएका सबै सहमतिहरू कार्यान्वयन गर्न माग गरेका छन् ।

बैठकले शिक्षामन्त्रीसहित संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई समेत ध्यानाकर्षण गराउने नेपाल राहत शिक्षक केन्द्रीय समितिले जनाएको छ ।

उक्त बैठकमा ७७ वटै जिल्लाका जिल्ला अध्यक्ष, सातै प्रदेशका प्रदेश अध्यक्ष समेतलाई बोलाइएको छ । 

नेपालमा राहत शिक्षकहरू दुई दशकदेखि न्यूनतम सेवा सुविधामा कार्यरत रहेका छन् । उनीहरूले पेशागत हकहितको माग गर्दै विभिन्न समयमा आन्दोलन समेत गरिसकेका छन् ।

View : 28

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved