Biratnagar, Morang, Nepal
१४ माघ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पुस्तक तथा शैक्षिक व्यवसायीमा झापा उत्कृष्ट

उद्‌घोष सम्वाददाता
१२ माघ २०८१, शनिवार

Advertisement

पोखरा/ मुलुकभरका पुस्तक तथा शैक्षिक सामग्री व्यवसायमा झापा उत्कृष्ट जिल्लाको रुपमा शनिबार सम्मानित भएको छ ।  

नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासङ्घको सत्रौं वार्षिक साधारण सभाको अवसरमा गत आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन, मूल्याङ्कन, संगठन विस्तार लगायतका विषयमा उत्कृष्ट बनेको महासंघको  झापा शाखालाई सम्मान गरिएको हो । 

पोखरामा शुक्रबारदेखि सुरु भएको सत्रौं वार्षिक साधारणसभा कार्यक्रमका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महासंघका केन्द्रीय अध्यक्ष  शिवसागर शर्माले झापा अध्यक्ष बिनोद सापकोटालाई दोसल्ला, माला र सम्मानपत्रद्वारा सम्मान गरे । 

नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघको केन्द्रीय सत्रौं वार्षिक साधारण सभामा महासंघका केन्द्रीय प्रतिनिधि, ५७ जिल्ला शाखाका अध्यक्ष सचिवलगायत तीन सय बढी प्रतिनिधिको सहभागिता  रहेको महासंघ कोशी प्रदेश सचिव  दिवाकर भट्टराईले बताए ।  

साधारण सभामा पुस्तक तथा स्टेसनरी व्यवसायको क्षेत्रमा नयाँ दिशा र चुनौतीहरूको बारेमा व्यवसायीहरू बीच व्यापक छलफल भएको महासचिव विष्णु पौडेलले बताए ।
 कार्यक्रममा व्यवसायसाग जोडिएका पुस्तक र शैक्षिक सामग्रीको व्यापारमा नयाँ प्रविधिहरू, बजारका सम्भावना र चुनौतीका विषयमा पनि जानकारी आदान प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले बताए । 

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख समेत रहेका नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी  व्यवसायी महासंघका पूर्व केन्ऽीय अध्यक्ष धनराज आचार्यले सातवटै प्रदेशको आगामी प्रदेश अधिवेशन पोखरामा गर्न सार्वजनिक रुपमा आह्वान गरे ।

पुस्तक व्यवसायी महिला सम्मेलन 
यसैबीच नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघ केन्द्रीय समितिको आयोजनामा पहिलो पटक महिला सम्मेलन शुक्रबार सम्पन्न भएको महासंघका गण्डकी प्रदेश अध्यक्ष कृष्णचन्द्र पोखरेलले बताए ।

सम्मेलनमा देशभरका करिब ३०० पुस्तक तथा शैक्षिक सामग्री व्यवसायमा संलग्न महिला व्यवसायीको सहभागिता थियो । यो सम्मेलनबाट महिलालाई व्यवसायमा कसरी अब्बल बनाउन सकिन्छ, नेतृत्व कसरी प्रदान गर्न सकिन्छ र पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको महासंघकी केन्द्रीय सचिव समेत रहेकी कार्यक्रम संयोजक कोपिला गिरीले बताइन् । 

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुषमा पौडेलले सहजीकरण गरेको कार्यक्रममा मुलुकभरका ६३ जिल्लाका महिला व्यावसायीको सहभागिता थियो । 
झापा भद्रपुर स्थित धार्मिक पुस्तक पसलकी सञ्चालिका मुनादेवी कार्कीले ऐतिहासिक यो कार्यक्रमले आउने वर्षहरूमा पनि निरन्तरता पाउनेमा आशा व्यक्त गरेकी छन् ।    कार्यक्रममा सहभागी विराटनगरका लक्ष्मी अधिकारी, यमुना पन्त, शर्मिला मैनाली, सुनसरीका सरस्वतीमी घिमिरेले सम्मेलन महिलाको लागि उपलब्धीमुुलक भएको बताए ।

View : 138

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved