विराटनगर । विराटनगर–५ स्थित पाणिनि संस्कृत विद्यालयमा अध्ययनरत छात्रहरूलाई न्यानो कपडा तथा मिठाइ वितरण गरिएको छ ।
नेपाल–भारत मैत्री संघ विराटनगरले भारतको ६७औं गणतन्त्र दिवसको अवसरमा त्यहाँका २५ जना छात्रहरूलाई न्यानो कपडा तथा मिठाइ वितरण गरेको हो ।
सो अवसरमा संघका अध्यक्ष सुरेशकुमार शर्माले धर्म, संस्कृति र सभ्यताको प्रवद्र्धनमा सो विद्यालयले समाजलाई टेवा दिईरहेको बताए ।
कार्यक्रममा समाजसेवी इन्दिरा रिजाल, वडा अध्यक्ष सन्तोष न्यौपाने, विद्यालयका अध्यक्ष कविराज न्यौपानेले सो विद्यालयले शिक्षाको उज्यालोवाट समाजलाई उत्तम मार्गमा हिड्न प्रेरित गरिरहेको बताए ।
विराटनगरका सामाजिक अगुवा तथा विद्वानजनहरू सक्रिय भएर विसं २०५५ सालमा पण्डित खगेश्वर न्यौपानेको अध्यक्षतामा गठित समितिबाट स्थापित पाणिनि संस्कृत विद्यालय सनातन धर्म सम्यतामा आस्थावान दाताहरूको सहयोगमा सञ्चालित छ ।
View : 48
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved