Biratnagar, Morang, Nepal
२१ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

अन्तरविद्यालय स्पेलिङमा हिमालय प्रथम

उद्‌घोष संवाददाता
२० असोज २०८३, मङ्गलवार

Advertisement

सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैचा नगर समितिको आयोजनामा सम्पन्न ‘अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता–२०८३’ मा हिमालय इङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै तहमा प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगिताको प्रथम तहमा हिमालय इङ्लिस स्कुल प्रथम, पाठशाला दोस्रो, बाल बगैँचा तेस्रो र श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल चौथो भएका छन् ।

त्यस्तै, दोस्रो तहमा पनि हिमालय इङ्लिस स्कुल प्रथम भएको छ । यस तहमा गुरुकुल दोस्रो, श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल तेस्रो, पाठशाला एकेडेमी चौथो, मदरल्याण्ड पाँचौँ र सप्तकोशी छैटौं भएका छन् ।

तेस्रो तहमा हिमालय इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ । इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, मदरल्याण्ड तेस्रो र पाठशाला चौथो भएका छन् । यससँगै हिमालय इङ्लिस स्कुलले प्रतियोगिताका तीनै तहमा प्रथम स्थान हासिल गर्दै आफ्नो वर्चस्व कायम गरेको छ ।

प्रतियोगितामा प्रत्येक तहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

विद्यार्थीको अंग्रेजी शब्दज्ञान, सही हिज्जे तथा उच्चारण क्षमता विकाससँगै आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेशनल प्याब्सन सुन्दरहरैँचा नगर अध्यक्ष भीम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष तथा हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले विद्यालयस्तरमा आयोजना हुने यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

View : 22

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved