विराटनगर । चौधरी ग्रुप अन्तरगत रहेको निकै लोकप्रिय तथा भरपर्दाे अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरुको उल्लासलाई झनै दोब्बर बनाउन विशेष उपहार योजना ल्याएको छ ।
आफ्ना विभिन्न सामानहरुको खरिदमा ४१ हजार ४सय सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याकउपहार योजना ‘अनबक्स ह्याप्पीनेश’ भन्ने नाराका साथ बजारमा ल्याएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा बेकोको विभिन्न घरायसी सामानहरु जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकहरुले आप्mनो घरमा नयापनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै अब उत्सवको खुशीयाली झनै बढाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानका साथै १०० प्रतिशत पार्ट्स् उपलब्धता तथा सर्भिस ग्यारेन्टीलगायत बेकोको अन्तराष्ट्रिय विश्वास पाई ग्राहकहरु ढुक्क हुन आग्रह गरेको छ ।
सो योजना अन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ केजी एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवाशर किट तथा फ्रि स्टेंडिङ ओभनमा निःशुल्क सिजी प्रेसर कुकर जित्ने अवसर रहेको छ ।
यो योजना चैत २४ गतेदेखि सीमित अवधिको लागि लागु गरिएको जनाइएको छ । साथै सिजी इलेक्सको वेब साईटमा गई आफ्ना पुराना सामानहरुको एक्सचेन्ज समेत गर्न सक्नुहुनेछ भने शून्य प्रतिशत इएमआईमा सामानहरु खरिद समेत गर्न सक्ने कम्पनीले जनाएको छ ।
View : 374
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved