Biratnagar, Morang, Nepal
११ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ–६ को क्षेत्रीय सभापतिमा तबदारद्वारा उम्मेदवारी घोषणा

उद्‌घोष संवाददाता
१० असोज २०८३, शनिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसका नेता चुमनारायण तवदारले पार्टीको १५औँ महाधिवेशनमा मोरङको क्षेत्र नम्बर-६ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

तवदारले वर्तमान राजनीतिक अवस्थामा आफ्नो उम्मेदवारीको आवश्यकताबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलन नै आयोजना गरेको नेपाली कांग्रेसका वडा सभापति अर्जुन चुडालले बताए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि नेतृत्व तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेका बेला तवदारले मोरङ–६ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तवदारले आफ्नो उम्मेदवारीका आधार, क्षेत्रीय अधिवेशनसँग सम्बन्धित विषय तथा वर्तमान राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्ने चुडालले जानकारी दिए ।

View : 208

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved