विराटनगर । विराटनगरमा आयोजना गरिएको फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरीको रेडस्टार स्कुलले जितेको छ ।
विराटनगरको रानीस्थित जुटमिलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगरको मोडर्न एरा स्कुललाई शून्यका विरुद्ध २ गोलले पाराजित गर्दै रेडस्टारले उपाधि जितेको हो ।
पहिलो हाफमा खेल बराबरीमा टुंगिए पनि खेलको दोश्रो हाफमा बिजेता टीमका खेलाडीले दुई गोल गरेका थिए । रेडस्टार पथरीका सोनाम गुरुङले पहिलो र सौगात राईले दोश्रो गोल गरे ।
प्रतियोगितामा रेडस्टारका बिषय गुरुङ बेस्ट गोलकिपर, रेडस्टारकै भीषण राई बेस्ट डिफेन्डर भए भने मोडर्न एराका प्रवेश तामाङ बेस्ट मिड फिल्डर घोषित भए ।
यस्तै रेडस्टारका सौगात राई बेस्ट फरर्वाड, हाइस्कोर रेडस्टारका सोनम गुरुङ, बेस्ट कोच रेडस्टारका युकेश तामाङ र म्यान अफ द सिरिज जोसन कार्की घोषित भए ।
प्रतियोगिताको उपाधि बिजेता रेडस्टारले नगद ५१ हजार, ट्रफी मेडल हात पारेको छ भने उपबिजेता मोर्डन एराले नगद ३१ हजार र ट्रफी हात पारेको छ ।
बिजयी टीम तथा खेलाडीहरूलाई विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, फार्क क्लबका अध्यक्ष धनकुमार लामा, खेलका संयोजक श्याम लामा र प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोल लगायतले पुरस्कार वितरण गरे ।
पुस १ गतेदेखि सुुरु भएको प्रतियोगितामा मोरङका निजी तथा सामुदायिकसमेत गरी १२ वटा विद्यालय सहभागी थिए ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved