Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

भेडेटारमा खाना महोत्सव गर्ने तयारी

रविन कटेल
९ पुष २०८०, सोमवार

धनकुटा । धनकुटाको भेडेटारमा ११ औं फुड फेस्टिभल गरिने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिभल अर्थात खाना महोत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाा बर्षको अवसरमा हरेक बर्ष फेस्टिभल गरिदै आएको छ । यस पटक पनि सन् २०२४ सुरुवातको अवसर पारेर तीन दिने फेस्टिभल गर्न लागिएको होटल एशासिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

फेस्टिभलमा २५ वटा स्टल हुनेछन् । जसमा स्थानीय खानाका परिवार, अर्गानिक तरकारी तथा फलफुल, हस्तकला, कृषि तथा घरेलु सामाग्री विक्री तथा प्रदर्शनीमा राखिनेछ । ३० हजार भन्दा बढी आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउाने लक्ष्य राखिएको फेस्टिभलमा एक करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ ।

 फेस्टिभलमा आउने पर्यटकलाई साागुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडााडा, आत्मा बस्ने घर, थुम्की, बौद्धविहार, गुम्बा, अजङ्गको बरको रुख, ध्वजेडााडा लगायत पर्यटकीय स्थलहरु घुमाइने छ ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved