Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

चौदण्डीगढीमा स्वास्थ्य शिविर

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा शनिबार आयोजित बृहत स्वास्थ्य शिविरमा एक हजार बढीको स्वास्थ्य जाँच गरिएको छ ।

चौदण्डीगढी नगरपालिका र गाईघाट सिटी अस्पतालको संयुक्त आयोजना गरिएको स्वास्थ्य शिविरमा जेष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरिएको जनाइएको छ । 

चौदण्डीगढी नगरपालिकाले ग्रामीणस्तरमै नगरवासीको स्वास्थ्य परिक्षण गराउने योजनाअनुसार शिविर सञ्चालन गरिएको मेयर कालुमान लामाले बताए ।

उनले नगरपालिकाले आफ्नो पाँच वर्षे कार्यकालभित्र गाउँगाउँमा जनताको पहुँच पुग्नेगरी विशेषज्ञ सेवा पुर्याउने लक्षसहित काम गरिरहेको जनाइएको छ । 

शिविरमा जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी रोग सेवा, आँखा उपचार, दन्तरोग, हाड जोर्नी, नसा र जनरल सर्जन लगायतका सेवा प्रदान गरिएको जनाइएको छ । 

शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीलाई नगरपालिका र गाईघाट सिटी अस्पतालले निशुल्क उपलब्ध गराएका थिए । 

शिविरमा नगरको वडा नम्बर ५ शिवाई र सुन्दरपुर, वडा नम्बर ९ र १० को हडिया र छिमेकी पालिका त्रियुगा नगरपालिकाको वडा नम्बर १ को रुपनी लगायतका क्षेत्रबाट स्थानीयहरू शिविरमा आएको जनाइएको छ ।

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved