Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकलाई प्रशिक्षण

रासस
१८ कार्तिक २०८०, शनिवार

भोजपुर : खस्कदो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र अभिभावकालाई तालिम दिइएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि टेम्केमैयुङ गाउँपालिका–४ नागीले शिक्षक र अभिभावलाई तालिम दिएको हो । 

विभिन्न चरणमा यहाँका तीन सयभन्दा बढी अभिभावकलाई  शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो । सबै पक्ष मिलेर शिक्षाको मुहान सुधार अभियान सञ्चालन गरेको वडाध्यक्ष हर्कराज राईले बताए । विगतका वर्षहरूबाट नै विभिन्न अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा स्थानीय सरकार जुटेको उनको भनाइ छ ।

वडाभित्रका चण्डेश्वरी मावि, ज्ञानोदय प्राथमिक विद्यालय र शारदा प्राथमिक विद्यालयका शिक्षक तथा अभिभावकलाई आ–आफ्नो जिम्मेवारीका विषयमा प्रशिक्षण दिइएको हो । वडाले  दुई लाख बजेट विनियोजन गरेर साकेला प्राविधिक एकेडेमी धरानको प्राविधिक सहयोगमा पाँच दिनसम्म तालिम सञ्चालन गरेको हो ।

शैक्षिक सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । गाउँपालिकाले शिक्षाको क्षेत्रमा दोस्रो प्राथमिकतामा बजेट विनियोजन गरेको उनको भनाइ छ ।
 

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved