Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीपीएमा महेन्द्र मोरङकी क्रिस्टिना पोखरेल सर्वोत्कृष्ट

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा सञ्चालित स्नातक तहको जनप्रशासन (बीपीए) प्रथम सेमेस्टरको परीक्षामा महेन्द्र मोरङ क्याम्पस, विराटनगरकी छात्रा क्रिस्टिना पोखरेल सर्वोत्कृष्ट भएकी छन् ।

हालै प्रकाशित परीक्षाफल अनुसार पोखरेलले ३.८९ जीपीए प्राप्त गर्दै देशभरमै शीर्ष स्थान हासिल गरेकी हुन् ।

सो परीक्षामा मोरङ क्याम्पसमा अध्ययनरत चाँदनी नेपालले ३.८२ जीपीए तथा क्रिस्टिना विष्टले ३.८१ जीपीए प्राप्त गरी उच्च अंकसहित परीक्षा उत्तीर्ण गरेका छन् ।

बीपीए प्रथम सेमेस्टरको परीक्षामा महेन्द्र मोरङका पोखरेल, नेपाल र विष्ट प्रथम द्वितीय र तृतीय भएको सहायक क्याम्पस प्रमुख रवि रोकाले बताए ।

विद्यार्थीहरूको कडा मिहिनेत, लगनशीलता र प्राध्यापकहरूको प्रभावकारी शिक्षण विधिका कारण क्याम्पसले  बीपीएलगायत व्यवस्थापनका अन्य कार्यक्रममा समेत निरन्तर सफलता हासिल गरिरहेको रोकाले बताए ।

View : 24

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved