विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस, जनसंख्या तथा विकास केन्द (सिपेड) र कानुन क्याम्पसमा संयुक्त रुपमा पाँचदिने खेलकुद उत्सव सुरू भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको ३० औं वार्षिकोत्सवका अवसरमा आइतवारदेखि पाँचदिने खेलकुद उत्सव शुरू भएको हो ।
बिहीबारसम्म हुने खेलकुद उत्सवमा समूहगत खेलतर्फ भलिवल, फुटवल, क्रिकेट, कबड्डी र डोरीतान प्रतियोगिता आयोजना हुनेछन् । व्यक्तिगत खेलतर्फ टेबलटेनिस, बुद्धिचाल, सर्टपुट, व्याडमिन्टन र एक सय मिटर दौड प्रतियोगिता हुनेछ । सबै खेलहरूमा छात्र र छात्राहरूको सहभागिता हुने जनाइएको छ ।
विद्यार्थीको मानसिक र शारीरिक विकासका लागि खेलकुद आवश्यक रहेकोले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि क्याम्पसले पञ्चदिवसीय खेल प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले बताए ।
अगिल्ला वर्षहरुमा झै यसवर्ष भएको खेलकुदमा पनि विजयी खेलाडीहरूलाई आगामी माघ २१ सरस्वती पूजाको दिन पुरस्कृत गरिने कार्यक्रम रहेको जनाइएको छ ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved