Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

न्यूरो अस्पताल छाडेका बरिष्ठ न्यूरो सर्जन डा. रोका विराट मेडिकल कलेजमा सम्मानित

उद्‌घोष सम्वाददाता
१७ माघ २०८१, बिहिवार

Advertisement

विराटनगर । बरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोका सम्मानित भएका छन् । लामो समयदेखि कोशी प्रदेशमा रहेर चिकित्सा क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले डा. रोकालाई सम्मान गरेको हो ।

मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा बुधवार  आयोजित एक कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र अस्पतालका प्रमुख डा ज्ञानेन्द्रमानसिंह कार्कीले डा रोकालाई सम्मान गरेका थिए । 

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा रहेर लामो समयसम्म काम गरेका डा रोकालाई केही समयअघि मात्र अस्पतालले बिदाइ गरेको थियो । 

डा रोक्का पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्राध्यापकको रुपमा आवद्ध हुन जान लागेको बताइएको छ ।

सम्मान कार्यक्रममा प्रदेश प्रमुख खापुङले न्यूरो सर्जरी सहितको चिकित्सा सेवामा जीवनको महत्वपूर्ण १५ बर्ष अनवरत सेवा दिएर ठूलो योगदान पु¥याएको भन्दै डा रोकालाइ बधाई तथा शुभकामना दिएका थिए ।  

अस्पतालका प्रमुख डा कार्कीले विराटनगरकै अन्य अस्पतालमा काम गरी ठूलो संख्यामा विरामीलाई सेवा दिएका डा रोक्कालाई सम्मान गर्न पाउनु सुखद भएको बताएका थिए । 

उनले भने, ‘त्यो समय जतिबेला सामान्य दुर्घटनाबाट चोटपटक लाग्दा पनि उपचार गर्न कि त काठमाडांै कि त भारत जानुपर्ने बाध्यता दियो, त्यो समयदेखि कोशी प्रदेशमा पहिलोपटक न्यूरो सेवामा लागेका चिकित्सकलाई सम्मान गर्न पाउनु गर्वको कुरा हो ।’

डा. रोक्का पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्राध्यापकको रुपमा आवद्ध हुन जान लागेको बताउँदै डा कार्कीले आउने दिनहरुमा सहकार्यको लागि बाटो खुला रहेको बताए । 

उनले भने, ‘अहिले पनि मेरो धोको छ, यदि त्यस्तो सहकार्य गर्ने अवसर मिले आउने दिनमा सहकार्य गर्नका लागि हामी खुला छौ ।’

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा रोकाले आफूले विराटनगरमा काम गरिरहदा सर्वसाधारणबाट निकै ठूलो सहयोग पाएको बताए ।

कार्यक्रममा बिराट नर्सिङ होमका  प्रमुख कार्यकारी अधिकृत डा निकिता कार्की, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, अस्पतालका मेडिकल डाइरेक्टर डा दिप्तेश अर्यालले डा रोकाको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

१५ वर्ष अगाडि कोशी प्रदेशमा पहिलो पटक मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा रोकाले न्यूरो सर्जरीको लागी विदेश तथा काठमाडाै‌ जानुपर्ने बाध्यताको अन्त्य गरेका थिए । 

न्यूरो सर्जरीमा एमसीएच गरेका डा. रोकाले मस्तिष्क शल्यक्रियाको १५ वर्षे अवधीमा हजारांै बिरामीको  शल्यक्रिया गर्न सफल भएका छन् ।

View : 426

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved