विराटनगर । विराटनगर–११ का विद्यालयका शिक्षकहरुका लागि पाँचदिने योग प्रशिक्षण तालिम शुक्रवारबाट सुरु भएको छ ।
जेष्ठ नागरिक वडा कार्य समिति योग तथा ध्यान केन्द्र विराटनगर–११ को आयोजनामा सुरु भएको प्रशिक्षणमा सो वडामा रहेका सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरुको सहभागिताका साथै स्थानीय सर्वसाधारणको पनि उल्लेख्य सहभागिता छ ।
सो तालिममा सहभागीहरुलाई पतञ्जली योग समिति केन्द्रीय युवा प्रभारी लोकनाथ खनालले योग तथा ध्यानको प्रशिक्षण दिइरहेका छन् ।
त्यसै सन्दर्भमा दोस्रो दिन शनिवार बिश्व ध्यान दिवसको अवसरमा बिशेष ध्यान गराइएको थियो ।
पाँच दिने शिविरको पहिलो दिनको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् ।
कार्यक्रमको सहजीकरण पतञ्जली योग समिति कोशी प्रदेश सचिव शोभा कोइरालाले गर्दै आएकी छन् ।
View : 385
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved