Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

खुल्ला भजन प्रतियोगितामा नरप्रसाद र रुनाले मारे बाजी

२८ वैशाख २०८३, सोमवार

विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समिति (योग ध्यान केन्द्र) को आयोजनामा सम्पन्न खुल्ला भजन गायन प्रतियोगितामा ८६ वर्षीय नरप्रसाद दंगाल र रुना कार्की प्रथम भएका छन्।

आध्यात्मिक र सांस्कृतिक माहोलका बीच सम्पन्न सो प्रतियोगितामा तीन दर्जनभन्दा बढी प्रतियोगीहरूको उत्साहजनक सहभागिता थियो।

केन्द्रका सचिव इन्द्रप्रसाद खतिवडाका अनुसार, सहभागीहरूलाई उमेरका आधारमा दुई छुट्टाछुट्टै समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।

जसमा ६० वर्षमाथिको उमेर समूहबाट उत्कृष्ट प्रस्तुति दिँदै ८६ वर्षीय नरप्रसाद दंगाल प्रथम, ७० वर्षीया अप्सरा पराजुली द्वितीय र ७० वर्षीया हरिमाया निरौला तृतीय भएका छन्।

त्यसैगरी, ६० वर्षमुनिको उमेर समूहतर्फबाट रुना कार्की प्रथम, तारा खड्का द्वितीय र मुना नेपाल तृतीय हुन सफल भएका छन्।

 

प्रतियोगितामा उत्कृष्ट हुने भजन गायक–गायिकाहरूलाई एक विशेष समारोहका बीच नगद रकमसहित पुरस्कृत गरिएको छ।

विजेताहरूलाई विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, केन्द्रका अध्यक्ष अर्जुनकुमार भट्टराई तथा सल्लाहकारहरू चिरञ्जीवी दाहाल, पदम श्रेष्ठ र कमल ढुङ्गानाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।

यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूमा आध्यात्मिक चिन्तन बढाउनुका साथै उनीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।

View : 284

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved