Biratnagar, Morang, Nepal
१० भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसमा क्यूएएका लागि गठित पूर्वसमीक्षा टोलीको स्थलगत अनुगमन

उद्‌घोष संवाददाता
९ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर (उस)÷ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रदान गर्ने प्रक्रिया अन्तर्गत गुणस्तर पूर्वसमीक्षा टोली (पीआरटी) ले क्याम्पसको स्थलगत भ्रमण तथा अनुगमन गरेको छ ।

 

मंगलबार प्राडा शिवकुमार राईको नेतृत्व तथा नारायण भण्डारी सदस्य रहेको पीआरटी टोलीसमक्ष क्याम्पसका तर्फबाट डा. शशिकुमार यादवले समग्र गुणस्तर, संस्थागत अवस्था र भावी योजनाबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्याम्पसको शैक्षिक गुणस्तर, संस्थागत विकास, भौतिक पूर्वाधार तथा प्रशासनिक अवस्थाका विषयमा प्राध्यापक र कर्मचारीहरूस“ग टोलीले समीक्षात्मक छलफल तथा अन्तरक्रिया गरेको थियो ।


क्याम्पस प्रमुख डा. रामावतार शरणले क्याम्पसको गुणस्तर अभिवृद्धि, संस्थागत क्षमता विकास र आगामी शैक्षिक सुधारका दृष्टिले यो पूर्वसमीक्षा भ्रमण निकै फलदायी एवं महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे । 


अन्तरक्रियापश्चात टोलीले क्याम्पसका विभिन्न विभाग, प्रयोगशाला, कक्षाकोठा, खानेपानी, सरसफाइ तथा समग्र भौतिक र शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण तथा अवस्था मूल्याङ्कन गरेको सहायक क्याम्पस प्रमुख रवि रोकाले जानकारी दिए । 


विश्वविद्यालय अन्तर्गतका शैक्षिक संस्थाहरुको गुणस्तर प्रमाणपत्रको रुपमा क्यूएए प्रमाणपत्र प्रदान गर्ने गरिएको छ । अहिले मोरङ क्याम्पस क्यूएए प्रमाणपत्र प्राप्तीको दिशामा छ । 

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved