विराटनगर । अभिषेक गिरी विराटनगर विमानस्थलबाटै पक्राउ परेका छन् । काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७ः०५ बजेतिर विराटनगर ओर्लिए लगत्तै उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गिरीमाथि आपराधिक लाभको कसुरमा थप अनुसन्धान अघि बढाएको छ । उनलाई थप कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
गिरीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको जनाइएको छ ।
ठगी सम्बन्धि कसुरमा काठमाडौं जिल्ला अदालतले साउन १५ मा धरौटीबापत ५ लाख रूपैयाँ लिएर गिरीलाई छाड्न आदेश दिएको थियो ।
छुटे लगत्तै विराटनगर आउँदा मोरङ प्रहरीले अर्को कसुरमा पक्राउ गर्ने बुझेपछि धरौटीबापतको रकम बुझाउन नसकेको भन्दै निकटस्थका माध्यमबाट हल्ला समेत फैलाएका थिए ।
गिरीले काठमाडौं जिल्ला अदालतमा वादी सुभाष श्रेष्ठसँग बिहीबार नै मिलापत्र गरेपछि कारागारबाट छुटेका थिए । छुटे लगत्तै काठमाडौंबाट विराटनगर आइपुग्नसाथ मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गिरीले विभिन्न व्यक्तिसँग आफ्नो पहुँच र चिनजान रहेको भन्दै विभिन्न आयोजनाको ठेक्का दिलाइदिने विश्वास दिलाएका आफ्नो कम्पनी आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत हुलाकी सडक बनाउने गरी निर्माण व्यवसायी शुभास श्रेष्ठसँग सम्झौता गरेका थिए ।
तर उनले सडक निर्माण नै नगरी अलपत्र मात्रै छाडेनन्, श्रेष्ठ कन्सट्रक्सनका करोडौंका मेसिन उपकरण नै कवाडीमा बिक्री गरिदिएका थिए । साथै, आफ्नो घरजग्गा पनि बलपूर्वक आफ्नो नाममा पारेको भन्दै निर्माण व्यवसायी श्रेष्ठको उजुरीका आधारमा सिआईबीले विराटनगरमै आएर गिरीलाई पक्राउ गरेको थियो ।
निर्माण व्यवसायी श्रेष्ठको जाहेरीका आधारमा गिरीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो ।
गिरीले आफ्नो पुरानो आपराधिक प्रभाव र पहुँचको धाक देखाउँदै श्रेष्ठलाई आयोजनाहरूको ठेक्का पारिदिने विश्वास दिलाएको अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ ।
गिरीले आश्वासन बमोजिम काम नगरेपछि सम्झौता रद्द भई जाहेरवाला श्रेष्ठलाई ठूलो आर्थिक क्षति पुग्न गएको देखिएको भन्दै सीआईबीको पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
View : 592
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved