Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

नेपाली भाकामा गुञ्जिए प्रज्वल

१४ माघ २०८०, आइतवार

सुन्दरहरैंचा । मोरङको बेलबारीमा एक समारोहका बीच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत नेपाली भाका सार्वजनिक गरिएको छ । अलंकार कला केन्द्र बेलबारीको आयोजनामा भएको सो कार्यक्रममा बेलबारी– ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी लगायतले गीत विमोचन गरेका थिए । 

बाल गायक प्रज्वल पौडेलको नयाँ गीतलाई गीतकार बुद्धवीर लामाले रचना गरेका हुन् । सङ्गीतकार कृष्णभक्त राईले सङ्गीत संयोजन गरेका हुन् । 

विमोचन समारोहमा साहित्यकार छवि वैरागी घिमिरे, नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे, गायक तथा संगीतकार कृष्णभक्त राई, संगीतकार भीम बस्नेत, महिला नेतृ सीता सुवेदी लगायतका वक्ताहरूले  शुभकामना मन्तव्य राखेका थिए ।

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved