विराटनगर । विराटनगर–२ स्थित बूढानीलकण्ठ आवासीय माध्यमिक विद्यालयमा बुधबार एघारौं राष्ट्रिय टोपी दिवस मनाइएको छ ।
विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्मका छात्रछात्रा र शिक्षकहरूले विभिन्न प्रकारका टोली तथा परम्परागत भेषभुषा लगाएर टोपी दिवस मनाएका हुन् ।
विद्यार्थी तथा शिक्षकहरूले राष्ट्रिय टोपी, भादगाउँले, पाल्पाली टोेपी लगाएका थिए ।
‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने नाराका साथ विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूले विभिन्न प्रकारका टोपीका महत्व झल्काएका हुन् । उनीहरूले विभिन्न गीतहरूमा नृत्य तथा ढाका टोपीको महत्व झल्काउने गरी नाटक प्रदर्शन गरेका थिए ।
साथै राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा विद्यालय पुगेका विद्यार्थीहरूले विद्यालय परिसरबाट मार्चपास गर्दै तिनपैनी, दुर्गाचोक र त्रिकोणमार्ग हुँदै पुनः विद्यालय परिसर पुगेर समापन गरेका थिए ।
विद्यालयले हरेक बर्ष राष्ट्रिय टोपी दिवसलाई भव्यताका साथ मनाउँदै आएको प्राचार्य मणिराज भट्टराईले जानकारी दिए ।
View : 329
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved