विराटनगर । मोरङको बरगाछीमा प्रहरी चौकीको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कविता कटवालले गरेका हुन् ।
बुधबार प्रहरी चौकी बरगाछीको भवन निर्माण समितिका अध्यक्ष दीपक चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्व वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
नयाँ भवन निर्माणपछि बरगाछी क्षेत्रमा प्रहरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रहरी चौकीका लागि आवश्यक पूर्वाधार निर्माणसँगै स्थानीयस्तरमा सुरक्षा व्यवस्थापन र नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउने वातावरण बन्ने विश्वास व्यक्त गरिएको छ ।
भवन निर्माण समितिले आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने जनाएको छ ।
View : 92
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved