Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

भेनेजुएला आक्रमण र नेपाली लुसिफरहरुको एकता

हरि काफ्ले
२४ पुष २०८२, बिहिवार

भर्खरै रक्तपिपासु अमेरिकी साम्राज्यवादले एक ल्याटिन अमेरिकी सर्वभौम स्वतन्त्र मुलुक भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका लोकप्रिय बामपन्थी राष्ट्रपति क. निकोलस मादुरो र उनकी श्रीमतीलाई अपहरण गरेर अमेरिका पु¥याएको छ ।

अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै अमेरिकी अदालतमा लागुऔषध कारोबारीको नाटक रचेर मुद्दा दायर गरेको छ । तेस्रो विश्वका देशहरुले तीब्र विरोध र चेतावनी दिने र बिना शर्त भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीको रिहाइको माग गर्दै अन्यथा परिस्थिति विकराल बन्ने चेतावनी दिइरहेका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन पहल गरिरहेका छन् । २१ औैं शताब्दीको विश्वव्यवस्थामा अमेरिकी दादागिरीको न्यायप्रेमी मानव समुदायले डटेर विरोध गर्ने क्रम विभिन्न देशमा बढ्दो छ ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएला संसारकै पेट्रोलियम पदार्थमा चौथो ठूलो देश हो । सन् १९९९ सम्म त्यहाँका सबै पेट्रोलखानी अमेरिकी बहुराष्ट्रिय कम्पनीको कब्जामा थियो । त्यहाँको पेट्रोेलियम पदार्थको दोहन एकलौटी रुपमा अमेरिकी साम्राज्यवादले गरिरहेको थियो । जब सन् १९९९ मा त्यहाँका बामपन्थी नेता ह्युगो चावेजले निर्वाचन जितेर राष्ट्रपति बनेपछि भेनेजुएलाको आर्थिक नीति परिवर्तन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा बृद्धि गर्दै पेट्रोलियम पदार्थबाट हुने आम्दानी जनताको हितमा लगानी गर्न सबै पेट्रोलियम खानीलाई राष्ट्रियकरण गरे ।

 पेट्रोलियम पदार्थ दोहन गर्न नपाएको अमेरिकी साम्राज्यवादले घाइते बाघझैं पटक–पटक ह्युगो चावेजको हत्या गर्ने कोसिस ग¥यो । भेनेजुएलाको अमेरिकी समर्थक विपक्षी नेता प्रयोग गरी सत्ता उल्टाउन अनेकन प्रयास ग¥यो । सडकबाटै विपक्षी नेतालाई राष्ट्रपति घोषणा गरी वैधानिक निर्वाचित राष्ट्रपतिलाई अनेकन आरोपलाई अवैधानिक घोषणा ग¥यो । पटक–पटक तीन पटक भएको राष्ट्रपतीय निर्वाचनमा जनताको लोकप्रिय मतसहित ह्युगो चावेज राष्ट्रपतिमा निर्वाचित भए ।

यसरी आफ्ना सबैखाले तिकडम फेला भएपछि निरंकुश तानाशाह जस्ता अनेकन आरोप लगाउँदै अमेरिकी साम्राज्यवादले आर्थिक नाकावन्दी लगाउँदै विदेशी बैंकमा रहेको भेनेजुएलाको सम्पत्ति रोक्ने काम ग¥यो । 

यी यावत घटनाका बाबजुद भेनेजुएलाले तेस्रो विश्व र ल्याटिन अमेरिकी देशहरुसँग सम्बन्ध विस्तार गर्दै आफ्नो तेल ब्यापारलाई विविधीकरण ग-यो । कूल निर्यातको ७४ प्रतिशत पेट्रोलियम खरिद गर्ने देश चीन हो ।

सन् २०१३ मा लोकप्रिय नेता ह्युगो चावेजको क्यान्सरका कारण मृत्यु भयो । त्यसपछि उनका उत्तराधिकारी निकोलस मादुरो सन् २०१३ देखि अहिलेसम्म लोकप्रिय मतका साथ निर्वाचित भएर शासन सञ्चालन गरिरहेका थिए । पटक–पटकका हत्या प्रयास, अराजक विद्रोहको  प्रयास गर्दासमेत बामपन्थी सरकार झन् झन् लोकप्रिय बन्दै गएको थियो । 

विश्वको सबैभन्दा सस्तो पेट्रोलियम पदार्थमाथि दोहन गर्न नपाएर बहुलाएको अमेरिकी साम्राज्यवाद हतियार युद्ध गरेरै मादुरो सरकार अपदस्थ गरी अर्को नाटक मञ्चन नहुञ्जेल आफै शासन गर्ने हुंकार पिटिरहेको छ पिपासु डोनाल्ड ट्रम्प ।

आफ्नै ऋणले थलिएर टाट पल्टिन लागेको आफ्नो अर्थव्यवस्था सुधार्न कहिले भन्सार कर आतंक, कहिले आर्थिक नाकाबन्दी र कहिले तेस्रो विश्वको सम्पत्ति फ्रिज गर्ने र प्राकृतिक स्रोत र साधनको दोहन गर्ने सबैखाले हलकण्डा अपनाउँदै आएको अमेरिकी साम्राज्यवाद निभ्न लागेको बत्तिको उज्यालो देखिनु यो पछिल्लो आक्रमण हो भेनेजुएलामाथि । 

यी सबै साम्राज्यवाद कर्तुतको विरोधमा तेस्रो विश्वका बहुधु्रवीय पक्षधर देश र तिनका असक्षम नेताहरुको कडा प्रतिक्रिया आइरहेको छ । 

भेनेजुएलामा डिपस्टेट असफल भएपछि भौतिक कार्वाहीमार्फत सफल भएको अमेरिकी साम्रँज्यवाद सौम्य शक्तिमार्फत बंगलादेश र नेपालमा वर्चश्व कायम गर्ने दिशामा अग्रसर छ । भाद्र २३ को आन्दोलनको सफलताको जस लिएर सबै राजनीतिक दललाई सराप्ने तर २४ गते देश खरानी बनाइएका कारण अनुसन्धान र कार्वाहीप्रति बेवास्ता गर्ने जेनजीको एक धार वार्वरा फाउण्डेशन र डलरे गैरसरकारी संस्थाका सञ्चालक मुखुण्डोधारीहरु नयाँ–नयाँ भन्दै गलत भाष्य खडा गरिरहेका छन् । 

अपराधको भकारीको नाइके स्वतन्त्र शब्दको चिरहरणकर्ता कर्मचारी हुँदा डिपस्टेट (नवउदारवादी) को योजनामा पपुलिष्ट बनाइएका पात्र  र सिंहदरवार जलाउन र जेल तोड्न उक्साउने लुसिफरबीच ब्यापक मोर्चा बनाई चुनावबाट सत्ता कब्जा गरी जेलेस्की स्थापित गर्न लुुसिफरहरुलाई अगाडि बढाउन डिपस्टेटका मुखुण्डोधारीहरु सक्रिय भई एक ठाउँ ल्याउन सफल भएका छन् । यसैले झन् नेपालको स्थिति जटिलमोडतर्फ गैरहेको छ । 

एकतर्फ पुराना भनिएका दलहरुले संविधान जारीपछि पूँजीवाद र विचौलिया प्रथालाई संस्थागत गरेर आफूलाई सत्ता र शक्ति र धनवादमा केन्द्रित गरे । त्यसैको जनआक्रोशलाई डिपस्टेटका मुखुण्डोधारीहरुले प्रयोग गर्दै देश खरानी बनाएर देशलाई राज्यबिहीन बनाए ।

तिनै मुखुण्डोधारीहरुको पहलमा विधिन्न राजनीतिक दल खोल्ने र भिजन, मिसन र गोलबिनाका पपुलिष्ट नारा दिएर सत्तामा पुग्न आतुर भएका नयाँ दल र इतिहासको कालखण्डमा योगदान र संघर्षबाट आएका दल र तिनक असक्षम नेतृत्व राष्ट्र दोहन गर्न आफूलाई सुधार्न र कमीकमजोरीको निर्मम समीक्षा गर्न छाडेर पुरानै पारामा पुनः जुर्मराउन थालेका छन् । 

तसर्थ यो फागुन २१ गते चुनाव भएमा आउने परिणामले देशले निकास पाउनेभन्दा झन् संकटमा फँस्ने अवस्था छ । नयाँ भनिएका दल सिद्धान्त, कार्यक्रम, कार्यनीतिबिहीन छन् । पुराना नेता र दललाई गाली गरेर सत्ता हत्याउने दाउमा बाहिरी चलखेलको घेराबन्दीमा छन् ।

जसले मुलुकमा भन् संकट निम्त्याउने छ । अर्कोतर्फ पुराना दलहरु आफ्ना बिरासत जोगाएर पुनः राज्यदोहन गर्न मोर्चाबन्दी कथित एकताको प्रोपोगाण्डा फैलाएर जनतामा भ्रम गर्ने कसरतमा छन् । यी दुबैखाले शक्तिले न देशको स्वधिनताको रक्षा गर्न सक्छन् न समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन देशलाई समाजवादतर्फ लैजान सक्छन् । नेपालको अहिलेको मूल समस्या नै यही हो । 

नेपालमा राजनीतिक दलले विकास गरेको दलाल पुँजीवाद र विचौलिया प्रथा र नयाँ उदाएका सिद्धान्त, कार्यक्रम र कार्यनीतिबिहीन दलहरुले अहिलेको विषम परिस्थिको सामना गर्न सक्दैनन् भन्ने ठहरका साथ सिद्धात, कार्यक्रम र कार्यनीतिलाई समाजको बद्लिंदो आकांक्षालाई संवोधन गर्न कार्ययोजनासहित हामी विभिन्न समूहबीच एकता भई क. घनयाम भुषालको नेतृत्वमा नेकपा एकीकृत पुनर्गठन अभियान र नेकपा संयुक्तबीच एकता गरी परिवर्तित नेकपा संयुक्त निर्माण गरियो ।

नेकपा संयुक्त निर्माण पश्चात् यी दुबैखाले अतिवादीको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी, भ्रष्टाचार नियन्त्रण, पारदर्शी व्यापक कृषिमा आधुनिकीकरण र औद्योगिकरणको उद्देश्य लिएर विदेश पलायन भएको नेपालको ठूलो श्रमशक्तिलाई देशभित्र व्यापक रोजगारी सिर्जना गर्ने कार्यक्रम र कार्ययोजनासहित अगाडि बढ्ने प्रण गरेका छौं । 

तसर्थ नेकपा संयुक्तको रक्तरञ्जित झण्डामुनि गोलबब्द भै राष्ट्र, राष्ट्रियता र समृद्धिको पक्षमा लागन सबै न्यायप्रेमी जनसमुदायलाई आह्वान गर्दछौं । 
(काफ्ले नेकपा संयुक्तका मधेश प्रदेश इञ्चार्ज हुन् ।)

View : 355

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved