विराटनगर । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको विराटनगर नर्सिङ्ग क्याम्पसको क्याम्पस प्रमुखमा उप९प्राध्यापक सावित्रा सुवेदी नियुक्त भएकी छन् ।
नवनियुक्त क्याम्पस प्रमुख सुवेदीले बिहीबार क्याम्पस प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । उनलाई निवर्तमान क्याम्पस प्रमुख मेनुका भण्डारीले पदस्थापना गराएकी थिइन् ।
पदभार ग्रहण कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नवनियुक्त प्रमुख सुवेदीले क्याम्पसको सर्वाङ्गीण विकासमा सरोकारवाला सबैको राय, सुझाव र सहकार्यमार्फत यसलाई उत्कृष्ट शिक्षण संस्थाको रूपमा विकसित गर्न समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सोही कार्यक्रममा विगत आठ वर्षभन्दा लामो समयसम्म क्याम्पस प्रमुखको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी निवर्तमान प्रमुख मेनुका भण्डारीले आफ्नो कार्यकालको अनुभव साट्दै आगामी दिनमा पनि क्याम्पसको हितमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइन् ।
सो कार्यक्रममा सहभागी सम्पूर्णले नवनियुक्त क्याम्पस प्रमुखलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै लामो समयसम्म क्याम्पसको नेतृत्व गर्नुहुने निवर्तमान प्रमुखलाई हार्दिक सम्मान तथा आभार प्रकट गरेका थिए।
क्याम्पसकी सूचना अधिकारी बन्दना ढकाल निवर्तमान क्याम्पस प्रमुख, क्याम्पसका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले नवनियुक्त क्याम्पस प्रमुखलाई बधाई तथा शुभकामना दिएका थिए ।
View : 276
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved