Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योगका प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम

२८ मंसिर २०८०, बिहिवार

विराटनगर : उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ ।

तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्राविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्षता तालिमको आयोजना गरिएको वताए । उनले  उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट वढी भन्दा वढी लाभ लिन सके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

इन्स्योर परियोजनाका कोशी प्रदेश प्रमुख सञ्जीवकुमार राईले परियोजनाले आगामी दिनमा उद्योग प्रतिष्ठानका आवश्यकता अनुरुप नयाँ क्षेत्र पहिचान गरी सोही आधारमा पाठयक्रम विकास गरी थप तालिम सञ्चालन गरिने जानकारी दिए । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस प्रकारको तालिम आवश्यक रहेको उनले औंल्याए । 

तालिमका प्रशिक्षक सञ्जयकुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनीकरणका उपायहरु, खेर गइरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र सञ्चालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्षता पद्धति र महत्वका विषयमा सिकाइने वताए ।

१२ दिनसम्म सञ्चालन हुने सो तालिममा विभिन्न उद्योग प्रतिष्ठानका २० जना प्राविधिकहरुको सहभागिता  छ ।

View : 146

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved