Biratnagar, Morang, Nepal
२२ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा

उद्‌घोष संवाददाता
२२ साउन २०८३, शुक्रवार

Advertisement

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । साथै तराई भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। 

यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

View : 32

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved