काठमाडौँ, ८ साउन । गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिए ।
“उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ”, गृहमन्त्री लेखकले भने, “सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ, यस घटनाबारे सुक्ष्म अध्ययन भइरहेको छ ।”
पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उहाँकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
View : 342
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved