Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

संघद्वारा स्वास्थ्य सचेतना कार्यशाला

उद्घोष सम्वाददाता
७ पुष २०८१, आइतवार

विराटनगर । सीपीआर र क्यान्सर रोगसम्बन्धी सचेतना जगाउन मोरङ उद्योग व्यापार संघमा सचेतना कार्यशाला सम्पन्न भएको छ । 

शनिबार संघको सभाहलमा आयोजित सचेतना कार्यशालामा जयप्रभा मेदान्त सुपर स्पेसियालिटी हस्पिटल भारतका प्रतिष्ठित डा.अजयकुमार सिन्हा र डा.सन्दीप कुमारले कार्डियोपल्मोनरी रिजसिटेशन (सीपीआर) र क्यान्सर रोगका विषयमा सचेतनामुलक प्रशिक्षण दिएका हुन् ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित सचेतना कार्यशालामा संघका कार्यसमितिका पदाधिकारी र सदस्यहरू, महिला र युवा उद्यम समिति, पूर्वअध्यक्षहरू, मेदान्त अस्पतालका व्यवस्थापन क्षेत्रका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा संघ र मेदान्त अस्पतालबीच उपचार सेवाहरूमा छुट गर्ने सम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको महासचिव सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

View : 21

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved