Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको बिक्री मूल्यमा एक रुपैयाँ घट्यो

२ माघ २०८०, मङ्गलवार

काठमाडौं। खरिद मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एक/एक रुपैयाँ घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको बिक्री मूल्य घटाइएको हो।

इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा बिक्री मूल्यको सूची पठाउने गरेको छ। यसपटक घटेर आएपछि निगमले पनि मूल्य समायोजन गरेको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ र तेस्रोमा १६६ रुपैयाँ प्रलिलिटर कारोबार हुनेछ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

पहिलो वर्गअन्तर्गतको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगंजमा लागू हुनेछ। दोस्रो वर्ग सुर्खेत र दाङमा लागू हुनेछ भने तेस्रो वर्गको बिक्री मूल्य काठमाडौं, पोखरा र दिपायलमा लागू हुने निगमले जनाएको छ।

 

View : 151

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved