विराटनगर । बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनले भोजपुरमा युवाहरूलाई सूचना प्रविधि सम्बन्धी सीप सिकाउने उद्देश्यले आईटी इनोभेशन सेन्टर शुरू गरेको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाको च्याङ्ग्रे र अरूण गाउँपालिकाको प्याउलीमा ती केन्द्रहरू स्थापना गरिएका हुन् ।
‘हरेक दिन हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश गइरहेका बेला हामीले युवाहरूलाई आईटी सम्बन्धी सीप प्रदान गरेर आफ्नै गाउँघरमा बसेर राम्रो आयआर्जन गर्न सक्ने बनाउने उद्देश्यले यो परियोजना शुरू गरेका हौं, यो परियोजनामा हामीसँग सहकार्य गर्ने स्थानीय गाउँपालिकाहरू तथा सीताराम पदमकुमारी फाउन्डेशनलाई हार्दिक धन्यवाद दिन चाहन्छौं’, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयालले भने ।
अरूण गाउँपालिकामा आइटी इनोभेशन सेन्टरको उद्घाटन पालिका अध्यक्ष शालिकराम खत्री र नेपाल प्रहरीका पूर्व एआईजी तथा सीताराम पदमकुमारी फाउन्डेशनका संस्थापक भीमप्रसाद ढकालले संयुक्त रूपमा गरेका थिए ।
भोजपुरको पौवादुङ्मा पालिकामा पनि आईटी अभियान शुरू गरिएको छ । उक्त पालिकाकी उपाध्यक्ष ज्योत्सना राईले यो अभियानबाट गाउमा युवाहरूले रोजगार पाउने अवसर प्राप्त हुने बताइन् ।
शुरूमा दुवै गाउ पालिकाका २०, २० जना युवालाई आइटी सम्बन्धी तालिम दिने, प्रशिक्षणमा उत्कृष्ट हुने ५० प्रतिशतलाई इन्टर्नसिप गराइने र इन्टर्नसिप राम्रो गर्नेहरूलाई रोजगारी उपलब्ध गराइनेछ ।
आफ्नै गाउँ घरमा बसेर रोजगारी दिलाउने उद्देश्य ती केन्द्रहरूको रहेको छ ।
View : 376
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved