Biratnagar, Morang, Nepal
१६ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतप्रति ओलीद्वारा श्रद्धाञ्जली

उद्‌घोष संवाददाता
१५ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

उनले लामो जेल जीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको उल्लेख गरेका छन् ।

‘म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु,’ ओलीले भनेका छन् ।

उनले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

ओलीले बस्नेतको सङ्घर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झना भइरहने बताएका छन् ।

View : 34

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved