सुन्दरहरैंचा । सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट २ लाख ९० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको जानकारी दिए ।
मोरङ जिल्ला शिक्षा एकाइ प्रमुख जीवन गड्तौलाले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यकता रहेको बताए । मंगलबार हुने अभिभावक भेला तथा ५९ औं वार्षिकोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने तय गरिएको छ ।
View : 33
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved