विराटनगर । धरानमा भएको कोशी प्रदेशस्तरीय विवाहित महिलाहरूको फेशन शो मिसेस स्टेट वान सिजन–३ मा मञ्जु गुरुङ विजेता भएकी छन् ।
धरान–१६ गुरुङ बीबीक्यू पार्टी प्यालेसमा भएको अन्तिम प्रतियोगीताका १७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले मिसेस स्टेटको उपाधि जितेकी हुन ।
उपाधि जितेकी गुरुङले नगद ५१ हजार रुपैयाँ, ट्रफी, उपहार र एक वर्षको सूर्य ज्योति लाइफको बीमा प्राप्त गरेकी छन् ।
उनलाई मिसेस स्टेट सिजन २ की विजेता पुष्पा फोम्वो र मुख्य निर्णायक पूर्व नेपाल सुन्दरी उषा खड्गीले ताज पहिराएका थिए ।
डव्लूडव्लूजी वुमन्स वर्थ ग्रुपद्वारा आयोजित प्रतियोगितामा प्रथम उपविजेता ममता शाह र द्वितीय उपविजेता सुनिता श्रेष्ठ घोषित भए ।
उपाधि विजेताहरूलाई कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाल, डब्लूडब्लूजी अध्यक्ष सुजता श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
View : 61
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved