Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

देवी बहादुर कट्‍वाल कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस शुरु

उद्‌घोष सम्वाददाता
९ फागुन २०८१, शुक्रवार

विराटनगर । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा  दोस्रो स्वर्गीय देवीबहादुर कट्वाल–कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिता शुरु भएको छ । 

प्रतियोेगिताको पहिलो दिन जुनियर ब्वाइज सिङ्गल्स (कक्षा ८–१०) इभेन्टतर्फको पहिलो क्वाटरफाइनल खेलमा बूढानीलकण्ठ स्कुलका रुपेश श्रेष्ठले अरनिकोका प्रेम बुढाथोकीलाई ३–० सेट स्कोरले पराजित गरेका छन् । 

दोस्रो क्वाटर फाइनल खेलमा लिलिपुट स्कुलका पृथकराज राईले डीएभी स्कुलका आधार दाहाललाई पराजित गरे । यसैगरी तेस्रो क्वाटर फाइनल खेलमा एभरेष्ट स्कुलका सक्षम बस्नेतले डीएभीका देवम अटललाई ३–० सेट स्कोरले पराजित गरे । 

चौथो क्वाटर फाइनलमा लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले अरनिकोका विकास यादवलाई ३–० सेट स्कोरले पराजित गरे । 

त्यसैगरी सब–जुनियर ब्वाइज सिङ्गल्स (कक्षा ५–७) इभेन्टतर्फको पहिलो क्वाटर फाइनल खेलमा बूढानीलकण्ठका रिजन पाण्डेले डीएभीका विवान अग्रवाललाई ३–१ सेट स्कोरले पराजित गरे । 

दोस्रो क्वाटर फाइनलमा बूढानीलकण्ठ स्कुलका रोशन रजकले अरनिको स्कुलका बिदर्भ गौतमलाई ३–० सेट स्कोरले पराजित गरे । 

तेस्रो क्वाटर फाइनलमा बूढानीलकण्ठ स्कुलका आयान श्रेष्ठले बिकेभीएमका अमुल्य अधिकारीलाई ३–१ सेट स्कोरले पराजित गरे । 

चौथो क्वाटर फाइनलमा बूढानीलकण्ठकै आदर्श राजवंशीले बीकेभीएमका जेनिस साहलाई ३–० सेट स्कोरले पराजित गरे । 

शुक्रबार जुनियर गल्र्स सिङ्गल्स (कक्षा ८–१०) र सबजुनियर गल्र्स (कक्षा ५–७) इभेन्टका साथै फरक क्षमता भएका खेलाडीहरूको विशेष टेबल टेनिस इभेन्ट हुने विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिए ।

View : 12

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved