Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

कनकलक्ष्मी सहकारीद्वारा सम्मान

मणिराम दाहाल
११ मंसिर २०८०, सोमवार

सुन्दरहरैंचा : सुन्दरहरैंचा स्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक स्थापना दिवस सम्मानसहित विविध कार्यक्रम गरी  मनाइएको छ । 

आइतवार राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कंडेलले मोवायल बैकिङ एप्सको उद्घाटन गरी सुरु भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सुकुना बहुमुखी क्याम्पसका प्रमुख  अर्जुनराज अधिकारीले कार्यक्रमको औचित्वमाथि  प्रकाश पारेका थिए ।
कार्यक्रममा  ८० बर्ष माथिका जेष्ठ सदस्यलाई नगदसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरूमा ८९ वर्षका राधादेवी पोखरेल र डम्बरबहादुर पौडेल, ८८ वर्षीया विष्णुमाया भण्डारी र  रेनुकादेवी घिमिरे तथा  ८७ वर्षीया बालकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा असल ऋण कारोवार गर्ने ४६ जना मध्ये गोलाप्रथाद्वारा नगद पुरस्कारसहित ५ जनालाई सम्मानपत्र प्रदान गरिएको थियो । 

सो अवसरमा बढी विप्रेषण कारोवार गर्ने सदस्यहरू सावित्रा विश्वकर्मा , फूर्लामु शेर्पा तामाङ तथा धेरै लाभांश प्राप्त गर्ने सदस्यहरू चिरञ्जीवी रेग्मी साथै ओम न्यौपानेलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा अधिक संरक्षित पुँजी फिर्ता प्राप्त गर्ने सदस्य इन्द्रप्रसाद न्यौपाने, गोविन्दप्रसाद अधिकारी, ओमप्रसाद अधिकारी तथा लल्कु चौधरीलाइ नगदसहित सम्मान गरिएको थियो । 

त्यसैगरी ३५ वटा लघुवित्त समूह मध्ये  उत्कृष्ट लघुवित्त समूह गोदावरी महिला समूह सुन्दरहरैंचा–६ लाई सम्मानपत्रसहित  ४ हजार नगद प्रदान गरिएको थियो । कार्यक्रममा कक्षा ११  तथा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका  सन्ततिलाई चाहना आचार्य, इसाना खुलाल, संस्कार भट्टराई, स्वीकृती काफ्ले, डाइमण्ड बरूवाल तथा शैली बजगाईलाई नगदसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा विद्यावारिधि गर्ने सेयर सदस्यहरू गणेशराज अधिकारी तथा मोहनकुमार तुम्बाहाङ लिम्बू, सहकारी अभियन्ता घनश्याम खतिवडा तथा स्वर्गीय कृष्णप्रसाद दाहालको पत्नी राधा दाहाललाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने खतिवडा पूर्व गाविस अध्यक्ष तथा पूर्व प्रतिनिधि सभा सदस्य हुन् । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, कनकलक्ष्मीका अध्यक्ष नागेश पोखरेल लगायतले बोलेका थिए ।  संस्थाका उपाध्यक्ष मात्रिकाफ्रसाद ढकालले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यत्रमको सञ्चालन सचिव अर्जुनकुमार तिम्सिनाले गरेका थिए । 

सुन्दरहरैंचा नगरमा कार्यक्षेत्र भएका ९ वटा सहकारी गाभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था नामकरण भै विगत बर्षदेखि कारोबार सञ्चालन भएको हो । नगरकै ठूलो सहकारी मानिएको उक्त  संस्थामा  ३ वटा सेवा केन्द्रहरू छन् । ती सेवा केन्द्रमार्फत  ७ हजार ३ सय ६०  शेयर सदस्य तथा  बचतकर्ताको रकम संकलन हुने गरेको छ ।

View : 144

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved