विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले सधंै अन, डेटा र भ्वाइसमा तीनवटा आकर्षक एनपीएल फ्यान प्याकहरू सञ्चालनमा ल्याएको जनाएको छ ।
ती अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् ।
यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । ती प्याकहरू लिने ग्राहकले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।
सधै अन प्याकअन्तर्गत ग्राहकहरूले रू. ३९९ देखि रू. १ हजार ४९९ सम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भएपनि हेर्न सक्नेछन् ।
त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।
ग्राहकहरूले रू. ५० मा एक दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् । रू. १२५ (तीन दिन), रू. १९९ (सात दिन) र रू. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ ।
भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । सात दिनको लागि रू. १४९ र २८ दिनको लागि रू. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । सधंै अन, अनलिमिटेड डेटा प्याकहरू र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरू एनपीएल खेलहरू मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् ।
ती प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेलएपमा रहेको ‘स्पिन द ह्वील’ मा जाने लिंक प्राप्त गर्छन् ।
एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रू. ५० क्यासब्याक (एक दिनको समयसीमा), रू. १०० क्यासब्याक (एक दिनको समयसीमा), वा १०० अन–नेट एसएमएस (एक दिनका समयसीमा) पाउन सक्छन् ।
त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री वितरण गर्नेछ ।
यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो ।
नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पावर्ड बाई पार्टनरको रूपमा एनसेल रहेको छ ।
View : 70
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved