Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

शेयर बजारमा १७.१८ अंकको गिरावट, कारोबार ८ अर्ब ७३ करोडको

शेयर बजारमा १७.१८ अंकको गिरावट, कारोबार ८ अर्ब ७३ करोडको

३१ असार २०८१, सोमवार

काठमाडौं। साताको दोस्रो दिन शेयर बजार परिसूचकमा गिरावट छ। सोमबार नेप्से १७.१८ अंकले घट्दै २२४०.४१ को विन्दुमा रह्यो।

शेयर बिक्रीको चापले परिसूचक घटेको हो। कारोबार रकम भने आइतबारका तुलनामा बढेको छ। २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँमा किनबेच भएको छ।

आइतबार नेप्से ५२.९७ अंकले बढेर २२५७.५९ विन्दुमा रहँदा २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँमा किनबेच भएको थियो।
सोमबार १३ मध्ये ९ उपसमूहको शेयरमूल्यमा आएको गिरावटले परिसूचक घटेको हो। जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डबाहेक सबै समूह घटेका छन्।

विकास बैंक १.८९, होटल तथा पर्यटन १.७६, जीवन बीमा समूह १.६५ प्रतिशतले घटेका छन्। १८४ कम्पनीको शेयरमूल्य घट्दा जानकी फाइनान्स कम्पनीका लगानीकर्ता बढी नोक्सानमा रहे, उक्त कम्पनीको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लगेको छ।

५६ कम्पनीको शेयरमूल्य बढ्दा भने सिभिल बैंक डिबेञ्चर -२०८८ र माण्डु हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक फाइदामा रहे। दुवै कम्पनीको शेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।
सर्वाधिक कारोबार हुनेमा माथिल्लो तामाकोसी  जलविद्युत  छ। उक्त कम्पनीको ३७ करोड ८ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

निफ्राको २१ करोड ९८ लाख ९७ हजार, जानकी फाइनान्सको १९ करोड १५ लाख ४६ हजार, ज्ञादी ग्रुपको १७ करोड ७८ लाख ६० हजार र सीइडीबी हाइड्रोपावरको १६ करोड ६२ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

View : 289

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved